Tuesday, 13 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअन्तर्राष्ट्रिय युवा दिवस : नेपालबाट युवा पलायन रोक्ने बारे वहस !

अन्तर्राष्ट्रिय युवा दिवस : नेपालबाट युवा पलायन रोक्ने बारे वहस !


काठमाडौं । अगस्ट १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइयो । यो दिवशका अवशरमा अब देशको युवा नीति कस्तो हुने, युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी राज्य अघि बढ्ने कि नबढ्ने ? भन्ने वहस छेडिएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवशरमा राष्ट्रपति, मन्त्री र जनप्रतिनिधिले के–के भने त ?

राष्ट्रपति रामचन्द्र पौडेल–युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ युवा नीति आवश्यक छ, परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवा संवद्ध समस्या तथा चुनौतिलाई सम्बोधन गर्नेगरि सरकार अघि बढ्नुपर्छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी– राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुनेछ । स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक, नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउनुपर्नेमा सरकारले कत्ति पनि ढिलाई गर्नु हुँदैन ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल–सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेका र यसलाई पुरागर्न सबैको सार्थक पहल हुनुपर्छ, आफूले सोचेको जस्तो भविष्य बनाउन सबै एकजुट भइ देश विकासमा लाग्नुपर्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ