Sunday, 15 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनमा खुल्यो सिल्भर रे रियलस्टेट,घर किन्नेलाई १५ हजार डलर नगदै !

ब्रिजबेनमा खुल्यो सिल्भर रे रियलस्टेट,घर किन्नेलाई १५ हजार डलर नगदै !


ब्रिजबेन । नेपालीको जनसंख्या बढेसँगै अष्ट्रेलियाको ब्रिजबेन शहरमा नेपाली मुलका व्यक्तिले रियलस्टेट कम्पनी खोल्नेक्रम बढ्न थालेको छ । काठमाडौं प्रोपर्टी उद्घाटन भएको एक महिना भित्रै सिल्भर रे रियल्टी नामक अर्को घरजग्गा व्यवसाय गर्ने कम्पनी खुलेको हो ।

केही वर्षदेखि घरजग्गा कारोबारमा सक्रिय युवा व्यवसायी अरुण तिवारीको नेतृत्वमा ब्रिजबेनको जिबंगमा सिल्भर रे रियलस्टेट कम्पनी सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच उद्घाटन भएको सिल्भर रे कम्पनीमा अरुणको अलावा रजिस्टर माईग्रेन एजेन्ट समेत रहनु भएका डाक्टर विरोचन श्रेष्ठ र अर्का युवा व्यवसायी अविष्कार पाण्डे समेतको लगानी रहेको छ । खासगरी नेपाली मुलका घर किन्ने ग्राहकलाई भरपर्दो,गुणस्तरीय र विश्वासिलो सेवा दिन सिल्भर रे को टिम दत्तचित्त भएर लाग्ने निर्देशक तिवारीले नेपालट्युबलाई बताउनुभयो । कम्पनीको उद्घाटन अवशरमा सिल्भर रे मार्फत घरजग्गा किन्ने आफ्ना ग्राहकलाई १५ हजार डलर नगदै उपलब्ध गराउने निर्देशक तिवारीले घोषणा गर्नुभएको छ ।

सिल्भर रेले घरजग्गा विक्रिवितरण बाहेक घर र युनिट भाडामा लगाउने र घर निर्माण समेत गर्ने बताइएको छ । पछिल्लो समय ब्रिजबेन शहरको दक्षिणमा रिप्ली र उत्तरमा मोरेफिल्ड क्षेत्रमा नेपालीहरुको बसोबास बाक्लो बन्दै गएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ