Wednesday, 14 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा मनसुनी वर्षाको प्रभाव, जेठ २८ यता १ सय ७३ जनाको मृत्यु !

नेपालमा मनसुनी वर्षाको प्रभाव, जेठ २८ यता १ सय ७३ जनाको मृत्यु !


काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी १ सय ७३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारि दिएको हो ।

बाढी पहिरो लगायतका प्राकृतिक विपद्धमा परेर देशभर २ सय २३ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको सशस्त्र, नेपाल प्रहरी, नेपाली सेनाबाट उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४८ जना वेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । बाढीबाट ३ सय ८४ घर डुबानमा परेको, २ सय ७५ वटा घर, १ सय ४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको, ८ सय १२ वटा पशु चौपायको मृत्यु भएको र यी विपद्‍का घटनाबाट ४ हजार ३ सय २२ घर परिवार विस्थापित भएको तथ्यांक प्रहरीले संकलन गरेको छ ।

अझै झरीको जोखिम
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरेको छ । आज विहान कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो । दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहने अनुमान गरिएको छ । आजराति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमानसहित पानी परिरहेका ठाउँका नदी तटीय क्षेत्रमा र पहिरोको जोखिम रहेका क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ