Thursday, 29 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका १ सय ५० वटा कलेज बन्द, विद्यार्थीले अब के गर्ने ?

अष्ट्रेलियाका १ सय ५० वटा कलेज बन्द, विद्यार्थीले अब के गर्ने ?


ब्रिजबेन । एक वर्षसम्म विद्यार्थी नै नपढाएको भन्दै १ सय ५० वटा अष्ट्रेलियाका कलेज बन्द गरिएका छन् । एक सय ४० भन्दा बढी कलेजलाई यो वर्षको अन्त्यसम्म सुधार गरेर गुणस्तरिय शिक्षा दिन चेतावनी दिदै विद्यार्थी नै नपढाएका कलेज बन्द गरिएको हो ।

अष्ट्रेलियाका शिक्षामन्त्री जेसन क्लेयरले भेट कलेजका नाममा दर्ता भएर विद्यार्थी नपढाउनेमाफीको नियमन र कारबाहीमा सरकार कठोर बन्ने बताउनुभएको छ । विश्वस्तरिय शिक्षाका लागि अष्ट्रेलिया पुग्ने विद्यार्थीहरुका लागि यो सकारात्मक कदम भएको बताइएको छ । विद्यार्थी अध्ययन गरिरहेका कलेजहरु बन्द भएको अवस्थामा परामर्श गरेर बाँकी यात्रा तय गर्न कानुनव्यवसायीहरुको सुझाब रहेको छ । बन्द भएका कलेजहरुले निर्णय पुनरावलोकनका लागि अष्ट्रेलियन स्किल क्वालीटी अथोरिटी (अस्क्वा) मा निवेदन समेत दिएका छन् ।

अष्ट्रेलियामा भिसाका लागि मात्रै कलेज खोलिएको बारे विभिन्न टिकाटिप्पणी भएपछि होस्ट कलेजमाथी कठोर बन्न सरकारलाई दबाब परेको थियो । भिसाको व्यापार कलेजका नाममा हुँदा राम्रा भेट कलेज र अष्ट्रृेलियाको शिक्षा बारे अनेकन प्रश्न उब्जिएपछि नेक्सन रिभ्युले कठोर बन्न सरकारलाई सुझाब दिए अनुसार नै सरकार अघि बढेको पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ