Wednesday, 4 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसेन्ट्रल अस्ट्रेलियन कलेजको चौथो शाखा ब्रिजबेनमा, यस्तो हुनेछ पढाई !

सेन्ट्रल अस्ट्रेलियन कलेजको चौथो शाखा ब्रिजबेनमा, यस्तो हुनेछ पढाई !


ब्रिजबेन । सेन्ट्रल अस्ट्रेलियन कलेज (सिएसी)ले ब्रिजबेनमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । भिक्टोरियाको मेलबर्नमा मुख्य कार्यालय रहेको सीएसी कलेजले ब्रिजवेनमा चौथो शाखा एक समारोहका बिच उद्घाटन गरेको हो ।

सेन्ट्रल अस्ट्रेलियन कलेजका अन्य तीन कलेजमा जस्तो नयाँ शाखामा पनि अटोमोटिभ, सिभिल कन्ट्रक्सन, कुकरी, बिजनेस, कम्युनिटि सर्विस, इन्डिभिजयल सपोर्ट र एलिकोसका कक्षाहरु संचालन हुनेछन् । सन् २०१० मा मेलबर्नको वेस्टस्ट्रेमा स्थापना भएको सेन्ट्रल अस्ट्रेलियन कलेजले मेलबर्नकै सिभिडी र तास्मानियाको होबार्टमा आफ्नो शाखा बिस्तार गरेको र ब्रिजबेनमा चौथो शाखा खालिएको क्याम्पस प्रमुख विवेक तामाङले जानकारि दिनुभयो ।

सिएसीको मुख्य क्याम्पस र दुई शाखामा अहिले विभिन्न १५ देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अध्ययन गरिरहनुभएको छ । सेन्ट्रल अस्ट्रेलियन कलेजका सिनियर मार्केटिङ अफिसर खगेन्द्र सत्याल र सिनियर म्यानेजर तथा सल्लाहकार एक्सले सिएसीको पञ्च वर्षीय योजनामा रहेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न क्रियाशिल भएको बताउनुभयो । सेन्ट्रल अस्ट्रेलियन कलेज ब्रिजवेनमा संचालनमा आउनु खुसीको कुरा भएको भन्दै स्थानीय शैशिक परापर्सदाताहरुले व्यवसायीक रूपमा सहकार्य गर्न आतुर रहेको बताएका छन् ।

आधुनिक कक्षाकोठा, पर्याप्त पुस्तकालय स्रोतहरू, विद्यार्थी मनोरञ्जन क्षेत्रहरू, कार्यशाला सुविधा र कम्प्युटर प्रयोगशालाहरू, इन्टरनेट र इमेलमा निःशुल्क पहुँच कलेजमा रहेका छन् । तपाईँको अध्ययनको क्षेत्र जुनसुकै होस्, सिएसीले तपाईँको शैक्षिक विकासमा साथ दिन्छ भन्दै क्याम्पस प्रमुख तामाङले यो शाखामा पनि विद्यार्थी र अभिभावको साथ पाउने विश्वास गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ