अष्ट्रेलियामा नेपाली बुबाआमासहित ६ जनाको परिवारमाथि चोरीको आरोप

अष्ट्रेलियाको ब्रिस्बेनमा बुबाआमासहित ६ जनाको परिवारमाथि पसलबाट सामान चोरी गरेको आरोप लागेको छ।
घटना सेप्टेम्बर २३ मा ब्रिस्बेनको चेर्मसाइडस्थित पोपु एनिमी पसलमा भएको हो। पसलका अनुसार परिवारका सदस्यहरू यू-गि-ओका सामान लिएर पैसा नतिरी बाहिरिएको सीसीटीभी फुटेजमा देखिएको आरोप छ।
पसलका सुपरभाइजर इथनका अनुसार परिवारका सदस्यहरू पसलभित्र प्रवेश गरेपछि छुट्टिएका थिए। एक पुरुष र एक बालिकाले कर्मचारीसँग एउटा ट्रेडिङ कार्डबारे सोधिरहेका बेला महिला र एक बालकयू-गि-ओका सामान राखिएको स्थानतर्फ गएको उनको दाबी छ।
इथनका अनुसार महिलाले बोकेको बच्चासहितको pram मा 2025 Mega-Pack Tin र Fire King Structure Deck राखिएको थियो। त्यस्तै, बालकले Burst Protocol booster packs ६ वटा सानो crossbody bag मा राखेको आरोप छ।
पसलले अर्को दिन नियमित stock check गर्दा सामान नमिलेपछि सिसिटिभी फुटेज हेरेर घटना थाहा पाएको जनाएको छ। त्यसपछि घटनाबारे प्रहरीमा रिपोर्ट गरिएको थियो।
क्वीन्सल्याण्ड पुलिसले घटनाबारे रिपोर्ट प्राप्त भएको र अनुसन्धान जारी रहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





