अस्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च, आरबिएले बढायो ४.६ प्रतिशत
नेपालट्युब

अस्ट्रेलियाको रिजर्भ बैंक (आरबिए) ले ब्याजदर बढाएको छ।
मंगलबार बसेको मौद्रिक नीति बोर्डको बैठकले नगद ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर ४.६ प्रतिशत पुर्याएको हो।
यो २०११ यताकै उच्च ब्याजदर हो। यो वर्ष आरबिएले ब्याजदर बढाएको यो चौथोपटक हो।
आरबिएले मुद्रास्फीति अझै लक्ष्यभन्दा माथि रहेकाले ब्याजदर बढाउनुपरेको जनाएको छ। हालको अन्तर्निहित मुद्रास्फीति ३.६ प्रतिशत रहेको छ, जुन आरबिएको २ देखि ३ प्रतिशतको लक्ष्यभन्दा माथि हो।
आरबिएले आवश्यक परे आगामी दिनमा पनि ब्याजदर बढाउन सक्ने संकेत गरेको छ। ब्याजदर वृद्धिले अस्ट्रेलियामा घर तथा अन्य ऋण लिएका परिवारको मासिक किस्ता थप बढ्न सक्छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








