अष्ट्रेलियामा कार्डबाट भुक्तानी गर्दा लाग्ने शुल्क हट्यो
नेपालट्युब

अष्ट्रेलियामा कार्डबाट भुक्तानी गर्दा ग्राहकसँग लिइने अतिरिक्त शुल्क आज, अक्टोबर १ देखि हटाइएको छ।
नयाँ नियमअनुसार भिसा, मास्टरकार्ड, एफ्टपोस र अमेरिकन एक्सप्रेसजस्ता कार्डबाट भुक्तानी गर्दा व्यवसायले ग्राहकबाट छुट्टै कार्ड शुल्क लिन पाउने छैनन्।
यसअघि कार्डबाट भुक्तानी गर्दा लाग्ने लागतका आधारमा व्यवसायले ग्राहकसँग अतिरिक्त शुल्क लिन पाउने व्यवस्था थियो।
अब यस्तो शुल्क लिन नपाइने भए पनि व्यवसायले कार्ड भुक्तानीको लागतलाई वस्तु वा सेवाको समग्र मूल्यमा समावेश गर्न भने सक्नेछन्।
नयाँ व्यवस्था कार्ड सर्चार्जमा मात्र लागू हुनेछ भने बुकिङ, सेवा तथा सप्ताहन्त वा सार्वजनिक बिदाका अन्य शुल्कमा लागू नहुने व्यवस्था छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





