NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

भोटेकोशी बाढी प्रभावित ११० बालबालिकाको पढाइदेखि बसाइसम्मको जिम्मा एमआइटी ग्रुप फाउन्डेसनले लिने

नेपालट्युब

भोटेकोशी बाढीबाट प्रभावित योग्य अधिकतम ११० बालबालिकालाई MIT ग्रुप फाउन्डेसनले कक्षा १२ सम्म शिक्षा र आवश्यक सहयोग दिने भएको छ।

फाउन्डेसनले यसका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन बजेट छुट्याएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकाको पहिचान तथा प्रमाणीकरण गर्नेछ भने फाउन्डेसनले व्यक्तिगत आवश्यकताका आधारमा सहयोग गर्नेछ।

सहयोगमा विद्यालय शुल्कसँगै किताब, पोसाक, स्वास्थ्य, पोषण, यातायात, बसाइ र मनोसामाजिक सहयोगसमेत समेटिनेछ।

बालबालिकाको अवस्था र आवश्यकताअनुसार फरक-फरक व्यक्तिगत सहयोग प्याकेज तयार गरिने फाउन्डेसनले जनाएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार