Thursday, 3 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोशी प्रदेशमा फेरि मौसम सक्रिय, कस्तो हुनसक्छ जोखिम ?

कोशी प्रदेशमा फेरि मौसम सक्रिय, कस्तो हुनसक्छ जोखिम ?


काठमाडौं । कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशसम्म देखिने जानकारि गराएको हो ।

कोशीदेखि गण्डकी प्रदेशसम्मका केही ठाउँमा बिहीबारसम्म बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारि दिनुभयो । विशेषगरी कोशी प्रदेशका धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुने पुर्वानुमान गरिएको छ । मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी आँकलन गरिएको छ । ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद्ले अनुमान गरेका छन् । यसअघिको वर्षाले देशका सबै भू–भाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढी पहिरोको सम्भावना रहेको तर्फ सबैलाई सचेत गराइएको छ ।

यता, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा पानी पर्ने सम्भावना कम रहेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले मौसमी प्रणालीमा पुरै सुधार हुन केही समय लाग्नेछ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ