साफ महिला फुटबल : नेपाललाई पराजित गर्दै बंगलादेशले उचाल्यो उपाधि !
काठमाडौं । बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको छ । बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाललाई २–१ गोल अन्तरले हराउँदै बंगलादेशले साफ महिला फुटबलको उपाधि उचालेको हो ।
नेपाल अघिल्लो संस्करणमा बंगलादेशसँग हार ब्यहोरेको बदला लिन फेरि पनि चुकेको छ । नेपालविरुद्ध बंगलादेशले खेलको ५१औ मिनेटमा गोल गरेको थियो । गोल खाएको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले बराबरी गोल गरेकि थिइन् । तर, खेलको ८१औं मिनेटमा गोल गर्दै बंगलादेशले दोस्रोपटक अग्रता लियो । यसपछि दुवैतर्फबाट गोल नहुँदा बंगलादेश लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधी जित्न सफल भयो ।
नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरो बनेको छ । बंगलादेशसँग पराजित भएसँगै छैटौं पटक नेपाल उपविजेतामा सिमित बन्न पुगेको छ ।
तपाईको प्रतिक्रिया