भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ, बहिलेसम्म बस्लान प्रहरी खोरमा ?
धर्म संस्कृतिसँगै राष्ट्र बचाउने महाअधियान भन्दै पछिल्लो समय अभियन्ता बन्नुभएका मिेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ पर्जुभएको छ । सोमबार प्रसाईंको फेसबुक पेजबाट एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक भएको विषयमा उजूरी परेसँगै भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो ।
भाइरल अभियन्ता समेत रहनुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा र अनुसन्धान प्रक्रिया अघि बढ्ने सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारि दिनुभयो । सीआईबी का प्रवक्ता बोगटीले सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले यो मुद्दाको छानविन प्रक्रियासँगै अभियोजनसम्मको जिम्मेवारी पुरा गर्ने बताउनुभयो । सीआईबीकाृ हिरासतमा राखेर कानुनी कारबाही अगाडि बढ्ने बताइएको छ ।
प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिका विरुद्ध सामाजिक सञ्जाल मार्फत भ्रम छर्ने काम गरेको कसुरमा सोही प्रकृतिको कानुनी व्यवस्था अनुसार मुद्दा अगाडि बढाउने सीआईबीको तयराी रहेको छ । भिडियो प्रकरणमा संलग्न अन्य व्यक्तिको पनि खोजी गरिरहेको सीआईबीले जो–जो संलग्न छन् सबैलाई कानुनी कारबाहीको दायरामा ल्याइने भएको छ ।
तपाईको प्रतिक्रिया