काठमाडौंका १९ सार्वजनिक स्थानमा अब निःशुल्क वाइफाइ
काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थान र बाहिरका महत्त्वपूर्ण दस वटा सहरमा निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थल, बसपार्क, यातायात कार्यालयसाथै संवेदनशील, महत्त्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो । गत असोज ६ गते मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको थियोे ।
मन्त्री खरेलको प्रतिबद्धता पूरा गर्न नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ स्थापनाका लागि सहकार्य गरेका छन्। आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा मन्त्री खरेलसहितको टोलीले निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनको अनुगमन गर्दैछ ।
















तपाईको प्रतिक्रिया