Friday, 5 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबालुवाटारमा आज सर्वपक्षीय बैठक, को–को हुँदैछन सहभागी ?

बालुवाटारमा आज सर्वपक्षीय बैठक, को–को हुँदैछन सहभागी ?


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय बैठक बस्दैछ । आगामी प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न भन्दै बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भदौ २३ र २४ को जेन जि बिद्रोहबाट गठन भएको कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेर तयारीलाई समेत तिब्रता दिइरहेको छ । तोकिएकै समयमा निर्वाचन हुने नहुने अनेक टिकाटिप्पणी भइरहदा निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लाग्नुभएको छ । उहाँले निर्वाचनबाट मात्रै देशलाई निकास दिन सकिने, ताजा जनादेशबाट भिजन भएका युवाहरुलाई सत्ता हस्तान्तरण गरेर विकृत राजनीतिको अन्त्यसँगै देश विकासले गति पाउने दाबी गर्दै आउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ