NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकको अन्तरक्रिया

Nepal Tube

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आज मिडियासँग अन्तरक्रिया गर्नुभएको छ ।

गत मंगलबार नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षक नियुक्त हुनुभएका पाठकले अन्तरक्रिया गर्दै टिमलाई सफल बनाउने बताउनुभएको छ । मुख्य प्रशिक्षक पाठकसँग थाइल्यान्ड क्रिकेटमा सात वर्षको प्रशिक्षण अनुभव छ । पाठककै प्रशिक्षणमा थाइल्यान्डले सन् २०२० मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो ।

नेपाली महिला टोलीले घरेलु मैदानमै आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । त्यसअघि अहिले प्रशिक्षण क्याम्प चलिहेको छ । Photo- NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार