NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्रधानमन्त्री कार्कीले बोलाउनुभयो प्रमुख तीन दलका शीर्ष नेताको बैठक

Nepal Tube

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री कार्कीले शनिवारका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गर्नुभएको हो ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन र यसको तयारीका सम्बन्धमा छलफल हुने बताइएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदीश खरेलले आज कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर संयुक्त बैठकको निम्तो दिनुभएको छ ।

जेन जि बिद्रोहपछि पहिलो पटक यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की समेतको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरुसँग शीतलनिवासमा छलफल गर्नुभएको थियो । उक्त भेटमा समेत निर्वाचन र पछिल्लो घटनाक्रम बारे छलफल भएको थियो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार