NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

अन्तिम गृहकार्यमा बालेन, रवि र कुलमान, आजै सहमतिमा हस्ताक्षर हुने चर्चा

Nepal Tube

काठमाडौं । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबिच आजै सहमति पत्रमा हस्ताक्षर हुने भएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहको अहिलेसम्मको राजनीतिक दौडधुपमा फेरबदल नआएमा आजै साँझसम्म साह, लामिछाने र घिसिङले भेटवार्ता गरेर एकताको लागि हस्ताक्षर गर्नुहुने भएको हो ।

भावि प्रधानमन्त्रीमा प्रस्तावित हुने गरी बालेन रास्वपा भित्रिन सकारात्मक देखिएपनि जेन जि प्रतिनिधिहरुको व्यवस्थापन, पार्टी ठूलो बन्दैगर्दाको शक्ति सन्तुलन र पदाधिकारी, नेता व्यवस्थापनको विषयमा अन्तिम गृहकार्य भइरहेको छ । यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले निर्वाचनमा ४० प्रतिशत रास्वपाको प्रतिनिधित्व बाँकी ६० प्रतिशतमा कुलमान, बालेन्द्र र जेन जि प्रतिनिधिले सहकार्य गर्नुपर्ने प्रस्ताव गर्नुभएको चर्चा बाहिर आएको छ । पार्टी नेतृत्वका रुपमा लामिछानेले रास्वपा हाक्दा चुनावअघि नै भावी प्रधानमन्त्रीका रुपमा बालेन शाहको नाम अनुमोदन गरेर अघि बढ्न रास्वपा तयार देखिएको छ ।

काठमाडौं महानगरका मेयर बानेलले बैकल्पिक राजनीतिमा होमिएका खगेन्द्र सुनार लगायतका अभियन्ता, एमाले, कांग्रेस भित्रकै कतिपय स्वच्छ छविका नेता, सामाजिक रुपमा स्थापित पात्रहरुलाई समेत समेटेर कांग्रेस, एमालेको बिकल्प बन्नुपर्नेगरि राजनीतिक भेटवार्ता अघि बढाउनुभएको छ । जेलमुक्त बनेपछि बैकल्पिक राजनीतिलाई एकताबद्ध बनाउने अभियानमा रास्वपा सभापति रवि समेत लाग्दै आउनुभएको छ ।

आगामी फागुन २१ गते हुने भएको प्रतिनिधिसभाको निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरु एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने तयारी भइरहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार