जनवरी २४ मा सिड्नीमा सोनम ल्होछार महोत्सव
काठमाडौं । अष्ट्रेलियाका तामाङ समूदायले रिभरसाइड थिएटर, पारामाटा, सिड्नीमा सोनम ल्होछार २८६२ भब्य रुपमा मनाउने भएका छन् । Tamang Society of NSW को आयोजनामा जनवरी २४ मा विशेष कार्यक्रमसहित ल्होछार मनाउन लागिएको हो ।
तामाङ र गैर–तामाङ समुदाय एकजुट भएर संस्कृति, एकता र परम्परा जोगाउने उद्देश्यले महोत्सवको आयोजना हुने बताइएको छ । तामाङ समूदायले मञ्जुश्री संवत् अनुसार घोडा वर्ष मनाउँदै सोनम ल्होछार २८६२ लाई स्वागत गर्नेछन । ल्होछार कार्यक्रममा हजारौैँको उपस्थिति हुने अपेक्षा आयोजकको रहेको छ । ५० भन्दा बढी स्थानीय कलाकारहरुको प्रस्तुति रहने ल्होछारमा मेलबर्नका सेलो गायक दिल तामाङको विशेष उपस्थितिसहित प्रस्तुतिहरू रहने बताइएको छ ।
नेपालबाट समेत अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारले आफ्नो प्रस्तुति दिने भनिएपनि कलाकारको पहिचान खुलाइएको छैन । सास्कृतिक कार्यक्रममा हुनसक्ने भीडभाडलाई व्यवस्थित गर्न १०० बढी स्वयंसेवकहरू खटाइनेछन् । ४५ अष्ट्रेलियन डलरको टिकट काटेपछि साँस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रममा रम्नरमाउन र नेपाली खाना समेत खान पाइनेछ ।
Tamang Society of NSW का Vice President Mr Subash Lama ले सोनाम ल्होछारलाई रमाइलो, सांस्कृतिक र समावेशी वातावरणमा मनाउन आफ्नो समुदायका साथै अष्ट्रेलियाका सिंगो नेपाली समूदायलाई आह्वान गर्नुभएको छ ।
















तपाईको प्रतिक्रिया