डिसेम्बर ३० मा अष्ट्रेलियाको सिड्नी र ब्रिजबेनमा तमू ल्होसार महोत्सव
ब्रिजबेन । यहि डिसेम्बर ३० तारिख अर्थात पुस १५ मा अष्ट्रेलियाका विभिन्न शहरमा तमू ल्होसार मनाइदैछ । ल्होसारको अवशर पारेर तमू समाज सिड्नी र तमू कम्युनिटि ब्रिजबेनले विशेष सास्कृतिक कार्यक्रमसहित ल्होसार महोत्सव आयोजना गर्दैछन् ।
TAMU Community, Brisbane ले Senior Citizens Hall, Mitchelton QLD 4053 मा भेटघाट तथा मनोरन्जन कार्यक्रम आयोजना गर्दै ब्रिजबेन र आस पास रहनुहुने तमु तथा गैर तमुहरुलाइ उपस्थितिको लागि आह्वान गरेको छ ।
ब्रिजबेनको ल्होसार महोत्सवमा प्रतिव्यक्ति टिकट मूल्य ३० अष्ट्रेलियन डलर राखिएको छ । सांस्कृतिक महोत्सवका रुपमा मनाइने तमू ल्होसारमा स्थानीय तथा नेपाली कालाकारहरुको सांगितिक प्रस्तुतीसहित तमू समूदायको संस्कार संस्कृतिको प्रदर्शनी, नेपाली, गुरुङ, थकाली खानपानको मजा लिन पाइनेछ । 
यस्तै, डिसेम्बर ३० कै दिन तमू समाज सिड्नीले समेत ल्होसारलाई भब्य सास्कृतिक उत्सवका रुपमा मनाउदैछ । Marana Auditorium, Hurstville, NSW मा आयोजना हुने तमू ल्होसार महोत्सवमा सहभागि हुन समाजले तमू तथा गैह्र तमू समेतलाई आह्वान गरेको छ । सिड्नीको ल्होसार महोत्सवमा प्रि बुकिङ प्रतिव्यक्ति टिकट मूल्य ४० र कार्यक्रमस्थलमा लिइने टिकटको मूल्य ४५ अष्ट्रेलियन डलर राखिएको छ ।
तमू ल्होसारको विशेष अवसरमा सहभागि भएर एकताका साथ पर्व मनाउन, लामा गुरुको पूजा र आशीर्वाद थाप्न, नेपाली खानाको मजा लिन, सांस्कृतिक, सांगितिक प्रस्तुति र संगीतमा रमाउन सबैलाई तमू अगुवाहरुले आह्वान गर्नुभएको छ ।
















तपाईको प्रतिक्रिया