कांग्रेस नेता पूर्वमन्त्री दाहालको निधन, महाधिवेशन पक्षधरको पदयात्रा स्थगित
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले आज गर्ने भनिएको पदयात्रा स्थगित गरिएको छ ।
विशेष महाधिवेशनको प्रचारप्रसारका लागि दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तय भएपनि कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै पदयात्रा स्थगित गरिएको हो । वरिष्ठ पत्रकार समेत रहनुभएका दाहाला २०६१ सालमा बन तथा वातावरण मन्त्री बन्नुभएको थियोे ।

महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन् । भृकुटीमण्डपमा महाधिवेशन पक्षधर कांग्रेस नेताहरुको चहलपहल बाक्लिएको छ ।
यता, गगन- विश्व अनुपस्थित कांग्रेस कार्यसम्पादन समिति बैठक समेत शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको छ ।
















तपाईको प्रतिक्रिया