Sunday, 8 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटि- २० विश्वकप : इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित

टि- २० विश्वकप : इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित


काठमाडौं । आइसीसी टि–२० विश्वकप क्रिकेट अन्तरगत पहिलो खेलमा नेपाल पराजित भएको छ ।

इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमा रोकिएको हो । ठूलो स्कोर पछ्याएको नेपालले साहसिक रुपमा ब्याटिङ गर्दै नेपाली दर्शकको मन जितेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९ रन जोड्दा लोकेश बम ३९ रनमा अविजित रहनुभयो । बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले दुई तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले एक–एक विकेट लिनुभयो ।

मुम्बईस्थित वानखेडे मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो । कप्तान ह्यारी ब्रुक र जेकोब बेथेलले अर्धशतकीय पारी खेल्दा विल ज्याक्सले अविजित ३९ रनको योगदान दिनुभयो । बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिदा शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट लिनुभयो ।

विश्वकप खेलिरहेको नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ