Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsत्रिवि शिक्षण अस्पतालमा छैटौँ पटक कलेजो प्रत्यारोपण सफल

त्रिवि शिक्षण अस्पतालमा छैटौँ पटक कलेजो प्रत्यारोपण सफल


काठमाडौं । त्रिभूवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ पटक कलेजो प्रत्यारोण सफल भएको छ । शिक्षण अस्पतालका लिभर प्याणक्रियाज सर्जन डाक्टर रमेश सिंह भण्डारीले एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभएको हो ।

यी पुरुषलाई ३१ वर्षीय श्रीमतीले कलेजो दिएकी थिइन् । प्रत्यारोपणमा सघाउन यसपटक भने भारतको फोर्टिस अस्पतालका डाक्टर विजय भिजको टोली शिक्षण अस्पताल आएको थियो । शिक्षण अस्पतालमा यसअघि पाँच वटा कलेजो प्रत्यारोपण सफल भैसकेको छ । अस्पतालमा डाक्टर रमेश सिंह भण्डारीकै पहलमा त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु गरिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ