Saturday, 14 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalदुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई स्वदेश ल्याइयो 

दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई स्वदेश ल्याइयो 

आज पनि उद्धार उडान


काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र नेपालीलाई उद्धार उडानमार्फत स्वदेश ल्याउन थालेको छ ।

नेपाल वायुसेवा निगमको बिहीबारको विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो । उक्त विमानमार्फत काठमाडौं विमानस्थलमा रोकिएका २६० जना यात्रुलाई दुबई विमानस्थलसम्म पुर्‍याइएको थियो ।

आजको उडानमा समेत नेपालबाट २६७ जना यात्रु दुबई लगिने र  दुबईबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने बताइएको छ । अमेरिका – इरान द्वन्द्वका कारण यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान प्रभावित हुँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ