कतार एअरवजले सार्वजनिक गर्यो दोहा–काठमाडौं उडान तालिका
काठमाडौं । मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका बेला कतार एअरवजले दोहा–काठमाडौं उडानको तालिका सार्वजनिक गरेको छ।
एयरलाइन्सका अनुसार मार्च १६ र १७ मा दोहाबाट काठमाडौं उडान हुनेछ भने मार्च १७ र १८ मा काठमाडौं–दोहा उडान तय गरिएको छ। यो उडानले कतार जाने नेपाली यात्रु तथा दोहा हुँदै अन्य देशतर्फ ट्रान्जिट गर्ने यात्रुलाई सुविधा दिने अपेक्षा गरिएको छ।
यद्यपि क्षेत्रीय सुरक्षा अवस्थाका कारण उडान तालिका परिस्थितिअनुसार परिवर्तन हुनसक्ने भएकाले यात्रुहरूलाई नियमित अद्यावधिक जानकारी लिन आग्रह गरिएको छ।
















तपाईको प्रतिक्रिया