काठमाडौं । चैत्र ४ गते (आज) देखि सहिद स्मारक एन्फा महिला लिग २०८२ सुरु भएको छ ।
लिगमा एपिएफ एफसी, बागमती युथ क्लब, चर्च बोइज युनाइटेड, झापा एफसी, न्युरोड टिम, नेपाल पुलिस क्लब, आर एस रिसोर्ट एन्ड बिच फुटबल, संकटा एफसी र त्रिभुवन आर्मी एफसी गरेर ९ टिम सहभागी रहेका छन् ।
समूह चरणमा हुने ३६ खेलबाट शीर्ष ६ टिम अर्को चरणमा पुग्नेछन । राउन्ड रोबिनकै आधारमा ६ टिमबीच १५ खेल हुनेछ । यसपछि चार शीर्ष टिमबीच एक क्वालिफायर र दुई इलिमिनेटर खेल हुनेछन । अन्त्यमा फाइनल खेल हुनेगरि तालिका सार्वजनिक भएको छ ।
उद्घाटन खेलमा आज विहान ११ बजे न्युरोड टिम (एनआरटी) र संकटा फुटबल क्लब, अर्को खेलमा दिउँसो ३ बजेदेखि त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्दैछन ।
















तपाईको प्रतिक्रिया