NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

किन गरियो केही दिनका लागि ट्वीटर कार्यालय बन्द ? यस्तो छ भित्रि रहश्य !

nepaltube

एजेन्सी, काठमाडौं । ट्वीटरका मालिक र कर्मचारी बिचको खटपटका कारण केही दिन ट्वीटर कार्यालय बन्द हुने भएको छ । ट्वीटरका नयाँ मालिक एलोन मस्कलाई उदृत गर्दै वाशिंगटन पोस्टमा लेखिएको समाचार अनुुसार कार्यालय नोभेम्बर २१ तारेखबाट मात्रै खुल्ने भएका हुन् ।

कर्मचारीलाई ट्वीटरले सन्देश पठाउँदै सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगर्न, कम्पनी नीतिको पालना गर्न अनुरोध गरिएको छ । ट्विटरले कर्मचारीहरूलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने जानकारी गराएपनि कारण भने प्रष्ट नखुलाएको बताइएको छ । नयाँ मालिक मस्कले कामदारहरुलाई लामो समयसम्म काममा संलग्न हुन दबाब दिएकै कारण ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेपनि यो अवस्था आएको आँकलन गरिएको छ ।

पछिल्लो साता मात्रै कर्मचारीलाई मस्कले कम्पनीका सर्तनामा र नीति अनुसार काममा प्रतिबद्ध हुन वा कम्पनी छाड्न दबाब दिएसँगै ट्वीटर कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार