Thursday, 26 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalलिए नवनिर्वाचित सांसदहरूले शपथ

लिए नवनिर्वाचित सांसदहरूले शपथ

अब बालेन शाह प्रधानमन्त्री


काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ जना सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । फागुन २१ को निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकबाट छानिएका ११० समेत गरेर २७४ सांसदले एकसाथ सपथ लिएका हुन । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिनुभएको छ । सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका थिए । सपथ ग्रहण समारोहमा कांग्रेस, एमाले र नेकपाका सांसदहरु संसद्को एउटै बेञ्चमा बसेका छन् ।

जेष्ठ सदस्य अर्जुननरसिंह केसीले हिजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिनुभएको थियो । अब सभामुख निर्वाचित नहुँदासम्म सदन नै केसीले चलाउनुहुनेछ । तर सरकारको सिफारिसमा राष्ट्रपतिले बोलाउनुपर्ने संसद बैठक नयाँ सरकार गठनपछि मात्रै बोलाईने भएको छ ।

अब बालेन शाह प्रधानमन्त्री
चुनाव अघि नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अघि सारेका बालेन शाह नै संसदीय दलको नेताहुँदै प्रधानमन्त्री बन्नुहुनेछ । रास्वपाले झण्डै दुई तिहाई सिट जितेकाले एकल सरकार बन्दैछ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ