रास्वपा दलको नेताहुँदै शक्तिशाली प्रधानमन्त्री बन्दै बालेन
काठमाडौं । रास्वपा बरिस्ठ नेता बालेन शाह संसदीय दलको नेता चयन भएसँगै प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
बिहिबार सांसदहरुको सपथ सकिए लगत्तै रास्वपा सभापति रवि लामिछानेको प्रस्तावमा बालेन सर्वसम्मत दलको नेता बन्नुभएको हो । अब करिब दुईतिहाई बहुमतसहितको प्रधानमन्त्री बन्नुहुनेछ । देश र जनताको पक्षमा कत्ति पनि समय खेर नफालेर काम गर्ने शाहले बताउदै आउनुभएको छ ।
शुक्रबार एकसाथ प्रधानमन्त्री र मन्त्रीले सपथ लिएर सरकारलाई पुर्णता दिने तयारीमा रास्वपा रहेको छ । प्रधानमन्त्रीमा बालेन निश्चित हुँदा मन्त्री छान्न लामिछाने र शाह छलफलमा हुनुहुन्छ ।















तपाईको प्रतिक्रिया