Thursday, 26 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalप्रधानमन्त्री कार्कीको सम्बोधन : धेरै आशा बोकेर बिदा हुँदैछु

प्रधानमन्त्री कार्कीको सम्बोधन : धेरै आशा बोकेर बिदा हुँदैछु


काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले युवाको नेतृत्वमा बन्ने सरकारले देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले युवा नेतृत्वको सरकारले सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य, आर्थिक विकास र सामाजिक न्यायमा नतिजामुखी काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।उहाँले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै एक दलको बहुमत आउँदैन भन्ने भाष्य गलत सावित भएको समेत बताउनुभयो । डर र अनिश्चय बीच नेतृत्व सम्हालेको र देशलाई सहि बाटोमा ल्याएको दाबी गर्दै प्रधानमन्त्री कार्की धेरै आशा राखेर बिदा हुन लागेको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्कीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ