Tuesday, 31 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकाठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी पक्राउ

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी पक्राउ

जेन-जि प्रदर्शनमा दमन गरेको आरोप


काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई जेन जि प्रदर्शनमा दमन गरेको आरोपमा पक्राउ गरेको हो । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा रिजाल काठमाडौंको सीडीओ हुनुहुन्थ्यो ।

जेन जि प्रदर्शन बारे गठित गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले हेलचेक्राइ गरेर ज्यान लिन भूमिका खेलेको भन्दै फौजदारी कसुरमा आवश्यक अनुसन्धान र कारबाही सिफारिस गरेको थियोे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ