Friday, 3 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleमध्यपूर्वका नेपाली : ११ जना पक्राउ, अरु अवस्था के छ ?

मध्यपूर्वका नेपाली : ११ जना पक्राउ, अरु अवस्था के छ ?


काठमाडौं । अमेरिका- इरान टकरावले खाडीसहित मध्यपूर्वी मुलुकमा रहेका नेपाली मनोबैज्ञानिक त्रासमा रहेका छन् ।

आज नेपालस्थित परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर पश्चिम एसियामा रहेका नेपालीको तत्काल ठूलो संख्यामा रोजगारी गुम्ने जोखिम नरहे पनि हस्पिटालिटी, निर्माणलगायत क्षेत्रमा केही असर व्यहोर्नुपरेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले युएईमा ३, साउदी अरेबियामा ४, कतारमा ३ र ओमानमा १ गरेर ११ नेपाली पक्राउ परेकाे नेपालट्युबलाई जानकारी दिनुभयो । पक्राउ परेका नेपालीको हकमा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावास, नियोगहरूले आवश्यक जानकारी लिएर सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल फर्किन चाहानेलाई विशेष उडान

देश फर्कन चाहानेहरुका लागि शुक्रबार रातिदेखि ३ दिन नेपाल एयरलाइन्सको विशेष उडान गर्ने भएको छ । यही शनिबार (४ अप्रिल) मा स्थानीय सयम अनुसार ४ः १० मा आरए २३१ कलसाईन भएको विमान दुबईबाट काठमाडौं उडने,यसका लागि नेपालबाट आरए २३० कल साइन भएको जहाज शुक्रबार (३ अप्रिल) राति ११ः १३ मा दुबई जादैछ ।  यस्तै दमामबाट आइतबार अर्थात् ५ अप्रिलमा स्थानीय समयअनुसार १२: ३० बजे कल साइन २४२ भएको विमानले नेपाल उडान भर्ने, यसका लागि नेपाल एयरलाइन्सको आरए २४१ नम्बरको विमान अप्रिल ४ शनिबार बिहान ८ः ३० बजे काठमाडौंबाट दमामका लागि उड्ने भएको छ ।

पहिले नै टिकट बुक गराएका नेपाली नागरिकसहित आउन चाहने अन्यलाई समयमै सम्पर्क गर्न आह्वान गरिएको  छ । उद्दार उडानबाट विभिन्न कारणले ज्यान गुमाएका ३८ जनाको शव समेत स्वदेश ल्याइने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । Photo-NPL

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ