Monday, 6 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन्– ‘मै ठगिए अदालत जान्छु’

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन्– ‘मै ठगिए अदालत जान्छु’


काठमाडौं । फेवातालको जग्गामा आफू ठगिएको दाबी गर्दै गृहमन्त्री सुधन गुरुङले न्यायका लागि अदालत जाने बताउनुभएको छ । विगतमा फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिनुभएको थियो ।

फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर उक्त जग्गा लिजमा दिइएको गृहमन्त्री गुरुङले बताउनुभएको छ । फेवाताल अतिक्रमित गरेर विभिन्न व्यक्तिले भोगचलन गरिरहेको जग्गा सरकारीकरण गर्ने क्रममा स्वयं गृहमन्त्रीले लिजमा लिएको जग्गाले विवादित बनाएपछि अदालत जाने कुरा आएको हो । फेवाताल अतिक्रमण गरेर बनाइएका संरचनामा पोखरा महानगरले भत्काउन थालेपछि मन्त्री गुरुङले लिजको जग्गा बारे स्पष्टीकरण नै दिनुपरेको थियो ।

पोखरा महानगरसँग गुरुव्ले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिँदा आफू सहित साझेदार ठगिएको दाबी गर्नुभएको बताइएको छ । अतिक्रमित जग्गा बारको जानकारी पाएसँगै निर्माण कार्य र लगानी रोकेको मन्त्री गुरुङले बताउँदै ले ठगीविरुद्ध कानुनी उपचार खोज्ने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ