NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो: बेपत्तामध्ये २ जनाको शव फेला

नेपालट्युब

पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएकामध्ये २ जनाको शव फेला परेको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित १० जना आरोही सम्पर्कविहीन भएका थिए, जसमध्ये ६ जना नेपाली छन्।

यसैबीच, सांसद तथा पर्वतारोही मिङ्मा डेभिड शेर्पाका अनुसार आज बिहान ६:१८ बजे निर्मल पुर्जा (निम्स दाइ) को जीपीएस ट्र्याकरमा ‘मुभमेन्ट’ देखिएको थियो।

पर्यटन मन्त्रालयले पनि पाकिस्तान सरकारसँग समन्वय गरेर खोजी कार्य अघि बढिरहेको जनाएको छ।

यद्यपि, उहाँसहित सम्पर्कविहीन रहेका अन्य आरोहीहरूको खोज तथा उद्धार कार्य पाकिस्तानी सेना, उद्धार टोली र अन्य आरोहीहरूको सहयोगमा अझै जारी छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार