NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

विदेशबाट फर्किने नेपालीलाई प्रहरीको आग्रह: अपरिचितको सुन वा सामान नबोक्नू

Nepaltube Australia

काठमाडौं/ नेपाल प्रहरीले दुबई, कतारलगायत विभिन्न मुलुकबाट नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्तिले दिएको सुन, बहुमूल्य धातु वा अन्य सामान आफ्नो जिम्मामा बोकेर नल्याउन आग्रह गरेको छ।

प्रहरीका अनुसार पछिल्लो समय सुन तस्कर र बिचौलियाहरुले आर्थिक प्रलोभन देखाएर नेपाली नागरिकमार्फत सुन तथा अन्य बहुमूल्य सामान नेपाल भित्र्याउने प्रयास बढेको छ। उनीहरूले ‘बिल छ, केही हुँदैन’ भन्दै विश्वास दिलाएर सामान बोक्न लगाउने गरेको प्रहरीले बताएको छ।

प्रहरीले विमानस्थलमा हुने जाँचका क्रममा त्यस्ता सामान फेला परे सामान बोकेको व्यक्ति नै कानुनी रूपमा जिम्मेवार हुने र पक्राउसँगै कानुनी कारबाही भोग्नुपर्ने जनाएको छ।

त्यसैले अपरिचित व्यक्तिले दिएको कुनै पनि सामान, सुन वा बहुमूल्य धातु आफ्नो नाममा बोकेर नल्याउन तथा कसैको झोला वा प्याकेटभित्र के छ भन्ने यकिन नगरी आफ्नो जिम्मामा नलिन प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले केही हजार रुपैयाँको प्रलोभनमा पर्दा वर्षौंको मेहनत र भविष्य नै जोखिममा पर्न सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार