NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

सिड्नीमा एनपिएल अष्ट्रेलियाको पाँचौं संस्करण अगस्ट १६ देखि

Nepaltube Australia

सिड्नीमा नेपाली समुदायबीच लोकप्रिय क्रिकेट प्रतियोगिता नेप्लिज प्रिमियर लिग अष्ट्रेलियाको पाँचौँ संस्करण अगस्ट १६ देखि सुरु हुने भएको छ।

प्रतियोगिता अक्टोबर १८ सम्म सञ्चालन हुनेछ। यसपटक लिगमा पहिलोपटक थपिएको MarkQ Homes Rara Royals सहित पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। अन्य टोलीमा रे प्रोपर्टिज गोख्यो हिरोज, भाइब्रेन्ट बेगनास स्टार्स, रुबी होम्स तिलिचो टाइटन्स, क्यापेला शे-फोक्सुण्डो स्ट्राइकर्स छन्।

यस सिजन नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका अविनाश बोहरा, पवन सर्राफ, जितेन्द्र मुखिया, कमलसिंह ऐरी र कृष्ण कार्की सहभागी हुँदैछन्। गत सिजन नेपाली राष्ट्रिय टोलीका सन्दीप लामिछाने र अविनाश बोहराको सहभागिताले पनि प्रतियोगितालाई थप चर्चामा ल्याएको थियो।

पाँचौँ संस्करणका लागि हालै सम्पन्न अक्सनमा कृष्ण कार्की २ हजार २ सय अष्ट्रेलियन डलर तथा साहिल खान २ हजार १ सय अष्ट्रेलियन डलरमा अनुबन्धित भएका छन्। उनीहरू अक्सनका महँगा खेलाडीमध्ये परेका छन्।

चार टोलीबाट सुरु भएको एनपिएल अष्ट्रेलिया यसपटक पाँच टोलीमा विस्तार भएको आयोजकले जनाएको छ। प्रतियोगिताको प्रमुख प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा रहेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार