NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

युकी आङ्देम्बेको लगातार तेस्रो जित

नेपालट्युब

नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनमा भएको जेसीके फाइट नाइट १२३ मा घरेलु फाइटर बुहुओगुबुलाई पराजित गरेका छन्।

शनिबार चीनको शान्सी प्रान्तस्थित लुलियाङमा भएको प्रतियोगिताको मेन कार्डअन्तर्गत १३५ पाउन्ड ब्यान्टमवेटमा भिडेका आङ्देम्बेले तीनै राउन्ड पूरा गरेपछि सर्वसम्मत निर्णय (युनानिमस डिसिजन) बाट जित हात पारे।

तीनै राउन्डमा प्रभावशाली प्रदर्शन गरेका आङ्देम्बेको यो लगातार तेस्रो जित हो।

पछिल्ला खेलमा लगातार जित निकाल्दै उनी व्यावसायिक करियरमा अघि बढिरहेका छन्।

सोमा फाइट क्लब, इन्डोनेसियामा प्रशिक्षण गर्दै आएका आङ्देम्बे नेपालका उदीयमान एमएमए फाइटर हुन्।

उनी युएफसीको ‘रोड टु युएफसी’ मा प्रतिस्पर्धा गरिरहेका नेपाली फाइटर रवीन्द्र ढाँटसँगै प्रशिक्षण गर्दै आएका छन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार