बसमा आगजनीपछि घाइते भएका चालकको उपचारका क्रममा मृत्यु
नेपालट्युब

काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा चालकको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालकको पहिचान भने खुल्न सकेको छैन।
यसअघि प्रहरीले दावा लामा नामको लाइसेन्स फेला पारे पनि ती व्यक्ति सम्पर्कमा आएपछि चालक अर्कै व्यक्ति हुनसक्ने बताइएको छ।
घटनाबारे छानबिन गर्न एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







