NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

हिमलुङ हिमपहिरो: १४ जनाको खोजी जारी, मृतक दुई जनाको शव ल्याइयो काठमाडौं

नेपालट्युब

हिमपहिरोमा मृत्यु भएका दुई जनाको शव हेलिकप्टरमार्फत चामेबाट काठमाडौं ल्याइएको छ।

दुवै शव त्रिवि शिक्षण अस्पताल ल्याइएको मनाङ सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनीहरूको पहिचान भने खुलेको छैन।

मनाङको हिमलुङ हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका १४ नेपाली उच्च हिमाली कामदार तथा गाइडको भने खोजी जारी छ।

मनाङ सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि १४ जनाको टोली हिमलुङ आधारशिविर पुगेको छ।

सोमबार बिहानदेखि आधारशिविरबाट खोजी अभियान अघि बढाएको समेत उनले बताए।

हिमलुङमा उनीहरू आगामी शरद ऋतुको आरोहणका लागि बेस क्याम्प बनाउन गएका थिए।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार