अस्ट्रेलिया-युक्रेनबीच दीर्घकालीन सुरक्षा सम्झौता

अस्ट्रेलिया र युक्रेनबीच दीर्घकालीन रक्षा तथा सुरक्षा सहकार्यका लागि द्विपक्षीय सुरक्षा सम्झौता भएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै अस्ट्रेलियाले युक्रेनलाई थप ६० मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ। जसमा ४५ मिलियन डलर सैन्य उपकरण, १० मिलियन डलर ऊर्जा सहयोग र ५ मिलियन डलर मानवीय सहायताका लागि छुट्याइएको छ।
यससँगै युक्रेनमा अस्ट्रेलियाको कुल सहयोग करिब १.९ अर्ब डलर पुगेको छ। अस्ट्रेलिया बेलायत र नर्वेको नेतृत्वमा रहेको Maritime Capability Coalition मा समेत सहभागी भएको छ।
यस्तै, रुस र उसका समर्थकमाथि थप प्रतिबन्ध लगाउँदै अस्ट्रेलियाले हालसम्म करिब १ हजार ९ सय प्रतिबन्ध र करिब ३०० ‘छाया पोत’ सूचीकरण गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






