NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

कांग्रेस महाधिवेशन: आज बन्दसत्र, निर्वाचन प्रक्रिया पनि सुरु

नेपालट्युब

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। काठमाडौंको खुलामञ्चमै हुने बन्दसत्रमा पार्टीका विभिन्न प्रतिवेदनमाथि छलफल हुनेछ।

आज सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, महामन्त्री विश्वप्रकाश शर्माले विधान संशोधन प्रस्ताव तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। करिब ७ हजार ५ सय प्रतिनिधि बन्दसत्रमा सहभागी हुँदैछन्।

प्रतिनिधिहरूलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराउने तयारी रहेको केन्द्रिय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिए।

यससँगै आजैबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ। आज अपराह्न ४ः३० बजे मतदाता तथा निर्वाचनसम्बन्धी नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ।

निर्वाचन समितिका अनुसार आज उम्मेदवारीसम्बन्धी दाबी–विरोध र नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ। उम्मेदवारी दर्ता भने भोलि असोज २० गते हुनेछ।

असोज २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ।

यसपटकको महाधिवेशनमा नेतृत्व चयनसँगै कांग्रेसको आगामी राजनीतिक दिशा, संगठन र विधानमा हुने परिवर्तनलाई पनि चासोका साथ हेरिएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार