NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

साउदीमा फेसबुक कमेन्ट गर्दा श्रीलंकाली युवालाई मृत्युदण्ड

नेपालट्युब

साउदी अरबमा फेसबुकमा आपत्तिजनक कमेन्ट गरेको आरोपमा श्रीलंकाली २४ वर्षीय नागरिक अनोजन शिवरासालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

केहि महिना अगाडी श्रीलंकामा हिन्दु धर्म सम्बन्धी एउटा कार्यक्रम भएको थियो। त्यहाँ सहभागीहरूलाई एकजना मुस्लिम युवाले कुकुर लखेटी लखेटी दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा चर्चामा आएको थियो। त्यही भिडियोको तल गएर साउदी अरेबियामा काम गरिरहेका अनोजनले कमेन्ट गरेका थिए।

कमेन्टमा उहाँले मुस्लिम धर्म र पैगम्बर मोहम्मदलाई अपमान हुने शब्दहरू पनि लेखिएको थियो। त्यसबारे उनले कमेन्ट हटाएर माफी पनि माग्नुभएको थियो तर पनि कमेन्टको स्क्रिन रेकर्डका आधारमा उहाँविरुद्ध मुद्दा अघि बढाइएको थियो।

१५ जुलाई २०२६ मा अल-अहसा फौजदारी अदालतले उनलाई पाँच वर्ष कैद र ३० लाख साउदी रियाल जरिवाना सुनाएको थियो। त्यसविरुद्ध भएको प्रक्रियापछि १७ सेप्टेम्बर २०२६ मा साउदीको पुनरावेदन अदालतले सजाय बढाएर मृत्युदण्ड सुनाएको बिबिसीले जनाएको छ।

श्रीलंकाली सरकारले उनलाई आममाफी दिलाउन साउदी अधिकारीसँग कूटनीतिक पहल गरिरहेको छ।

घटनापछि मध्यपूर्वमा कार्यरत नेपालीलाई सामाजिक सञ्जालमा धार्मिक तथा संवेदनशील विषयमा कमेन्ट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार