बेलायतमा नेपाली विद्यार्थी पढ्ने विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना अनुमति स्थगित

बेलायतको बकिङहमसायर न्यू विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने अनुमति बेलायती गृह मन्त्रालयले स्थगित गरेको छ।
गृह मन्त्रालयले सेप्टेम्बर ३० मा सूचना जारी गर्दै विश्वविद्यालयको विद्यार्थी प्रायोजन गर्ने अनुमति तत्कालका लागि स्थगित गरेको हो।
तर, विश्वविद्यालयको अनुमति अहिलेसम्म रद्द भने भएको छैन। विश्वविद्यालयले २० दिनभित्र अर्थात् अक्टोबर १९ सम्म गृह मन्त्रालयलाई लिखित जवाफ दिनुपर्नेछ।
विश्वविद्यालयको जवाफपछि अनुमति पुनःस्थापित गर्ने वा पूर्ण रूपमा रद्द गर्ने निर्णय हुनेछ।
हाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको अध्यागमन अनुमति वैध रहेसम्म उनीहरूले आफ्नो पढाइ जारी राख्न पाउनेछन्।
बेलायतको उच्च शिक्षा तथ्यांक निकायका अनुसार सन् २०२४/२५ मा विश्वविद्यालयमा १ हजार ५३० जना अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत थिए।
यदि विश्वविद्यालयको विदेशी विद्यार्थी प्रायोजन गर्ने अनुमति अन्ततः रद्द भयो भने हाल अध्ययनरत विद्यार्थीमा पर्ने प्रभावबारे गृह मन्त्रालयले त्यसबेला थप जानकारी दिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






