गोल गर्दै मेसीले टुंग्याए अर्जेन्टिनासँगको अन्तर्राष्ट्रिय करिअर

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय फुटबल करिअर टुंग्याएका छन्।
३९ वर्षीय मेसीले अर्जेन्टिनाका लागि आफ्नो २०८औं तथा अन्तिम अन्तर्राष्ट्रिय खेलमा बेनिनविरुद्ध गोल गरे। उनले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाका लागि आफ्नो गोलसंख्या १२६ पुर्याए।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३-० ले पराजित गरेको हो। मेसीले निकोलस ओटामेन्डी र निको पाजका गोलका लागि समेत पास मिलाएका थिए। उनले पूरा ९० मिनेट खेले।
मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा यसअघि नै गरेका थिए।
अन्तिम खेलपछि ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा मेसीलाई विशेष सम्मान गरिएको थियो। करिब ८५ हजार दर्शक उपस्थित रंगशालामा लेजर लाइट शो, सांगीतिक प्रस्तुति र अन्य कार्यक्रम आयोजना गरिएको थियो।
सम्बोधनका क्रममा मेसीले आफू मैदान छाड्न नचाहेको बताएका थिए।
अन्तर्राष्ट्रिय करिअर टुंग्याए पनि मेसीको क्लब फुटबल यात्रा भने जारी रहनेछ। उनी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






