अस्ट्रेलियाले बाढी पुनःस्थापनाका लागि नेपाललाई थप १५ मिलियन डलर सहयोग गर्ने

अस्ट्रेलियाले बाढी तथा विपद्पछिको पुनःस्थापनाका लागि नेपाललाई थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
भिक्टोरियाको पार्लियामेन्ट हाउसमा बिहीबार नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच भएको भेटवार्तामा अस्ट्रेलियाले थप सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
भेटपछि परराष्ट्रमन्त्री खनालले विपद्पछिको पुनःस्थापना, लगानी, शिक्षा र प्रविधिका क्षेत्रमा दुई देशबीच सहकार्यबारे छलफल भएको जानकारी दिनुभयो।
उहाँका अनुसार अस्ट्रेलियाले यसअघि विपद्को अवस्थामा नेपाललाई ११ मिलियन डलर सहयोग गरिसकेको थियो। बिहीबारको वार्तामा थप १५ मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
खनालले नयाँ सरकार गठनपछि अस्ट्रेलियासँग भएको यो पहिलो औपचारिक द्विपक्षीय भेटवार्ता भएको बताउनुभयो। भेटले शिक्षा, प्रविधि र लगानीका क्षेत्रमा थप सहकार्यका लागि वातावरण तयार भएको उहाँको भनाइ छ।
परराष्ट्रमन्त्री खनाल बिहीबार नै मेलबर्नबाट सिड्नी जाने कार्यक्रम छ।
सिड्नीमा उनले न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँग भेटवार्ता गर्नुहुनेछ।
त्यसपछि उहाँले अस्ट्रेलियास्थित नेपाली डायस्पोरासँग पनि छलफल गर्दै हुनुहुन्छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






