NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन

नेपालट्युब

बलिउड तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

गोवास्थित मणिपाल अस्पतालका चिकित्सक डा. शेखर सालकरका अनुसार पाटेकरलाई घरमै गम्भीर हृदयाघात भएको थियो।

‘लगातार ४५ मिनेटसम्म सीपीआर दिँदा पनि उहाँलाई बचाउन सकिएन,’ डा. सालकरले एएनआईलाई बताएका छन्।

गोवाको डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई अस्पताल लगिएको थियो।

अस्पतालले बिहान करिब ५ः२० बजे उनलाई मृत घोषणा गरेको थियो।

‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’ लगायत चलचित्रमा अभिनय गरेका छन्।

पाटेकरलाई सन् २०१३ मा भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको थियो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार