५ नोभेम्बरदेखि मलेसियाले २७५ म्यानपावरबाट मात्रै नेपाली श्रमिक लिने

मलेसियाले आगामी ५ नोभेम्बर २०२६ देखि नेपालका २७५ म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया अघि बढाउने भएको छ।
मलेसियाको FWCMS सञ्चालन गरिरहेको बेस्टिनेटले ६ अक्टोबरमा जारी गरेको मेमोमार्फत यस्तो जानकारी दिएको हो।
FWCMS मा सुरुमा २५ म्यानपावर सूचीकृत गरिएकामा तिनै कम्पनीको रोहबरमा थप २५० कम्पनी सूचीकृत भएका छन्।
बेस्टिनेटले १५ अक्टोबर २०२६ लाई पुरानो प्रणालीबाट बायोमेडिकल दर्ताको अन्तिम मिति तोकेको छ।
त्यसपछि पुरानो प्रणालीबाट नयाँ बायोमेडिकल दर्ता गर्न नपाइने भए पनि प्रक्रियामा रहेका श्रमिकको केस स्वतः रद्द नहुने जनाएको छ।
पुराना केसका बाँकी मेडिकल, बायोमेट्रिक, प्रयोगशाला रिपोर्टलगायत प्रक्रिया पूरा गरी ३१ अक्टोबरभित्र VDR आवेदनमा जान सक्ने बनाउन निर्देशन दिइएको छ।
पुरानो प्रक्रिया पूरा गरेका श्रमिकले नयाँ प्रणालीअनुसार पुनः मेडिकल वा दर्ता गर्नुपर्ने अवस्था नरहेको बेस्टिनेटले जनाएको छ।
नेपालसँग छलफल नगरी सीमित म्यानपावरमार्फत भर्ती प्रक्रिया अघि बढाउन खोजिएको भन्दै मलेसियाको यो व्यवस्थाको नेपालमा विरोध हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







