NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

ज्ञानेश कुमारको राजीनामा माग्दै सीजेपीको आन्दोलन, आज बेङ्गलुरुमा प्रदर्शन

नेपालट्युब

भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र निर्वाचन आयोगमा सुधारको माग गर्दै कक्रोच जनता पार्टी (सीजेपी) ले आन्दोलन जारी राखेको छ।

सीजेपीले आज अक्टोबर ८ मा बेङ्गलुरुको फ्रीडम पार्कमा एसआइआरविरुद्ध ‘पीपुल्स ट्रिब्युनल’ र प्रदर्शन गर्दैछ।

कार्यक्रममा सीजेपीका संस्थापक अभिजित दिप्के, सौरव दास र आशुतोष रांका सहभागी हुने जनाइएको छ।

अभिनेता प्रकाश राज र चर्चित युट्युबर ध्रुव राठी पनि कार्यक्रममा सहभागी हुँदैछन्।

सीजेपीले एसआइआर रोक्नुपर्ने, मतदाता सूचीबाट हटाइएका नाम पुनःस्थापित गर्नुपर्ने र निर्वाचन आयोगमा संरचनागत सुधार गर्नुपर्ने माग राखेको छ।

यसअघि अक्टोबर २ मा मुम्बईमा भएको सीजेपीको प्रदर्शनमा पनि प्रकाश राजलगायत सार्वजनिक व्यक्तिहरू सहभागी भएका थिए।

सीजेपीले अक्टोबर १० मा नयाँदिल्लीको जन्तरमन्तरमा थप ठूलो प्रदर्शन गर्ने घोषणा गरिसकेको छ।

आन्दोलनको मुख्य माग सीईसी ज्ञानेश कुमारको राजीनामा र निर्वाचन प्रक्रियामा सुधार रहेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार