NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

ममता बेपत्ता हुनुअघि पतिका अन्य महिलासँग सम्बन्ध रहेको साथीको बयान

नेपालट्युब

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा श्रीमती ममता काफ्ले भट्टको हत्या गरेको आरोप लागेका नरेश भट्टको मुद्दामा सुनुवाइ सुरु भएको छ।

बुधबार १७ सदस्यीय इजलास गठन भएपछि दुवै पक्षले प्रारम्भिक भनाइ राखेका छन्।

सुनुवाइका क्रममा सरीता न्यौपानेले ममता  बेपत्ता हुनुअघि उनका पति नरेशको अन्य महिलासँग सम्बन्ध रहेको ममताको निकट साथी सरीता न्यौपानेले अदालतमा बयान दिनुभएको छ।

सोही क्रममा सरीताले नरेशका धेरै प्रेमिका रहेको ममताले आफूलाई बताएको बयान दिएकी हुन्।

उनका अनुसार ममताले ममताले सन् २०२४ को फेब्रुअरीमा वैवाहिक जीवनका समस्याबारे बताएको उहाँले बताउनुभएको छ।

नरेशले ममताको मोबाइल र बैंक खाता बन्द गरिदिएको बयानमा सरिताले बताउनुभएको थियो भने टेस्ला गाडी चलाउनसमेत नदिएको बताउनुभएको छ।

ममताले वैवाहिक विवादका क्रममा आफ्नो अनुहारमा चोट लागेको तस्बिरसमेत देखाएको उहाँले अदालतमा बताउनुभएको छ।

नरेश र उहाँका अभिभावकले ममतालाई खाना खान समेत नदिने गरेको ममताले आफूलाई बताएको सरिताको भनाइ थियो।

सरिताले नरेशले आफूलाई ममतामाथि हातपात गरेको स्वीकार गरेको पनि बयान दिनुभएको छ।

उहाँका अनुसार नरेशले आफूलाई बचाउन ममतामाथि हातपात गरेको बताउनुभएको थियो।

ममता आफ्नो घरमा बसिरहेका बेला नरेश दिनहुँ त्यहाँ आउने गरेको र ममता काममा जान उबर चढ्दा त्यसलाई पछ्याउने गरेको पनि सरिताले बताउनुभएको छ।

यसैगरी ममताकी आमा गीता काफ्लेले पनि बयान मेसेन्जरमा छोरीसँग दैनिक भिडियो कुराकानी गरेको स्मरण गर्नुभएको छ।

ममतासँगै काम गर्ने चेल्सी केयले ममता दयालु स्वभावकी भएको बयान दिनुभएको छ।

ममताले आफ्नी सानी छोरीको हेरचाहका लागि सातामा तीन दिन १२ घण्टाका दरले मात्रै काम गर्ने तालिका बनाएको उहाँले बताउनुभएको छ।

अदालतमा अन्य साक्षीहरूले पनि बयान दिनुभएको थियो।

नरेशमाथि आफ्नी श्रीमती ममता काफ्ले भट्टको हत्या गरी शव लुकाएको आरोप छ। सन् २०२४ को जुलाईदेखि बेपत्ता ममताको शव अहिलेसम्म फेला परेको छैन।

नरेशले आफूमाथि लागेको नियोजित हत्या, शव लुकाएको र शवलाई क्षतविक्षत पारेको तीनवटै आरोप अस्वीकार गर्दै आउनुभएको छ।

(विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार