NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

पोखरामा स्कुल बस दुर्घटना हुँदा ३ विद्यार्थी र एक स्थानीयको मृत्यु

नेपालट्युब

पोखरामा स्कुल बस दुर्घटना हुँदा तीन विद्यार्थी र एक स्थानीय गरी पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुने स्थानीय पोखरा–२८ का ६५ वर्षीय बाबुराम तिवारी हुन्। उनी उपचारका लागि जाँदै गर्दा बसमा लिफ्ट लिएर चढेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले जानकारी दिनुभयो।

मृत्यु हुनेमा अन्य दुई बालिका र एक बालक छन्।

शुक्रबार बिहान पोखरा महानगरपालिका-२८, माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार