NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

मन्त्र थकालीले स्वीकार गर्यो कमजोरी, ग्राहकसँग माग्यो माफी

नेपालट्युब

महाराजगञ्जस्थित मन्त्र थकालीले खाद्य स्वच्छतासम्बन्धी कमजोरी स्वीकार गर्दै ग्राहकसँग माफी मागेको छ।

खाद्य स्वच्छता तथा सरसफाइमा कमजोरी भेटिएपछि मन्त्र थकालीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो।

अनुगमनका क्रममा खाद्य स्वच्छतासम्बन्धी कमजोरी भेटिएको थियो। कमजोरी सुधार गर्न रेस्टुरेन्टलाई सात दिनको समय समेत दिइएको छ।

रेस्टुरेन्टले खानामा किरा परेको भन्ने समाचारको खण्डन गर्दै सागमा देखिएको विषयलाई बाहिर अतिरञ्जित रूपमा प्रचार गरिएको दाबी गरेको छ।

‘अनुगमनका क्रममा सागमा देखिएको उक्त विषय र अन्य केही कमीकमजोरी औंल्याइएकोमा हामी भित्रैदेखि ग्लानि महसुस गर्दै यसबाट पर्न गएको अन्योलप्रति हृदयदेखि नै क्षमाप्रार्थी छौं,’ रेस्टुरेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आगामी दिनमा स्वच्छ र गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको पनि रेस्टुरेन्टले जनाएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार